छोरीको घर ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग
भक्तपुर जिल्ला स्थायी घर हुनुभएको समाजसेवी आदरणीय श्री इन्द्रमाया शाही ज्यूको सम्पूर्ण परिवार छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु २०,००० (बिस हजार) बराबरको खाद्यान्न लगायत लत्ता कपडा सहयोग गर्नुभएकोमा आश्रम परिवार इन्द्रमाया शाही लगाएत वहाँको सम्पूर्ण परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
साथै इन्द्रमाया शाही ज्यूको परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण, ९—ताथली, भक्तपुर
