Chhori ko ghar Jestha Nagarik Ashram

Loading

छोरीको घर ज्येष्ठ नागरिक आश्रमका आमाबुवाहरुको लागि नगद सहयोग–

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं ३–बाराही स्थान बस्नु हुने समाजसेवी, धर्मप्रेमी, सहकारी संञ्चालक राजु खतिवडा ज्यूले पन्चशील बहुउदेश्य सहकारी संस्थाको बार्षिकोत्सवको सुखद अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएको आमाबुवाहरुलाई दिउसोको खाजा ग्रहण गर्नको लागि नगद रु.१०,००० (दश हजार) र साथमा न्यानो सल प्रदान गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं, साथै पन्चशील बहुउदेश्य सहकारी संस्थाको उज्वल भविष्यको कामना गर्दै आगामी दिनहरुमा यस्तै साथ र सपोटको अपेक्षा गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,ताथली ९–भक्तपुर

Read more
छोरीको घर ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग–

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं ९– ताथली स्थायी घर हुनुभएको नवराज खड्का ज्यूले आफ्नो जन्मदिनको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रमका बुवाआमाहरुको लागि खाद्यान्न (बिस्कुट, चिनी, मासु, दही, चामल) सहयाोग गर्नुभएकोमा आश्रम परिवार वहाँको जन्मदिनको पावन अवसरमा सु–स्वास्थ, दिर्घायू र उत्तरोतर प्रगतिको कामना गर्दै नवराज ज्यू लगायत वहाँको सम्पूर्ण परिवारमा भगवान श्री पशुपतिनाथको कृपा सदा सर्वदा रहिरहोस् भन्ने अपेक्षा गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण ९–ताथली भक्तपुर

Read more
जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रमका बुवा, आमाहरुलाई भोजन ग्रहण

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं–८ जितपुर निवासी आदरणीय लक्ष्मी पण्डित ज्यूको कान्छी सुपुत्री पुनम पण्डित (खत्री) हाल अमेरीका बस्दैं आउनुभएको र मिति २०८१/१०/२२ गते वहाँको जन्मोत्सव परेकाले वहाँको तर्फबाट भक्तपुर ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि भोजन ग्रहण गराउनुभएको छ । वहाँलाई जन्मदिनको पावन अवसरमा कुल देवता, पितृदेव र अष्टचिरञ्जीवी सधैं दाहिना रहुन र वहाँ लगायत वहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति समृद्धि, एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,ताथली ९– भक्तपुर

Read more
छोरीको घर ज्येष्ठ नागरिक आश्रमको शिलान्यास कार्यक्रम

मिति २०८१÷०९÷२७ गतेका दिन छोरीको घर ज्येष्ठ नागरिक आश्रमको शिलान्यास कार्यकम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा कलाकार, बुद्धिजिवी, समाजसेवी ज्यूहरुको उल्लेख्य उपस्थित रहेको थियो ।यस आश्रमलाई मनै देखी सहयोग गर्नुहुने दानविर दाता ज्यूहरु प्रति कृतज्ञता व्यक्त गर्दछौ, साथै आगामी दिनहरुमा पनि हजुरहरुको साथ र सहयोगले गर्दा हाम्रो अन्य कार्यका लागि हामीलाई अझ बढी हौसला मिल्ने छ । यसले सबैमा नयाँ जोश, सकारात्मक दृष्टिकोण र दृढ आत्मविश्वास संसार भरी भविष्यका कार्यहरुमा सफलता सुनिश्चित गर्न एक सशक्त आधार निर्माण गरेको छ । जुन समयले कहिल्यै बिर्सन नसकोस । छोरीको घर ज्येष्ठ नागरिक आश्रम,ताथली, ९– भक्तपुर Foundation Stone Laying Ceremony of Chhori Ko Ghar Jestha Nagarik Aashram On the date 2081/09/27 (Nepali calendar), the foundation stone-laying ceremony of Chhori Ko Ghar jestha nagarik Aashram was conducted with great grandeur. The event saw notable participation from artists, intellectuals and social workers. We extend heartfelt gratitude to the generous donors who have supported this project from the bottom of their hearts. Additionally, we believe that with your continued support and cooperation in the coming days, we will gain even more encouragement for our other endeavors. This initiative has laid a strong foundation to instill a new spirit, a positive perspective and unwavering self-confidence among everyone, ensuring success in future endeavors worldwide. May this moment never be forgotten. Chhori Ko Ghar Jestha Nagarik AashramTathali-9, Bhaktapur

Read more
छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आमा,बुवासँग जन्मदिन मनाउदै

काठमाडौं अनामनगर निवासी श्री योगेश राना मगर ज्यूले आफ्नो जन्मदनिको सुखद अवसरमा भक्तपुर ताथली स्थति छोरीको घर ज्येष्ठ नागरिक आश्रममा हाम्रो आमा, बुवाहरुसँग खुसी साटेर उहाँहरुलाई न्यानो कपडा, मिष्ठान्न भोजन सहित केक काटेर मनाउनु भएको छ ।उहाँहरुलाई जन्मदिनको धेरै धेरै शुभकामना सहित सम्पूर्ण घर परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । छोरीको घर ज्येष्ठ नागरिक आश्रम,चागुनारायण नगरपालिका–९ ताथली, भक्तपुर A Heartwarming Birthday Celebration at Chhoriko Ghar Elderly Home In a beautiful display of love, compassion and generosity, Mr. Yogesh Rana Magar a kind-hearted resident of Anamnagar, Kathmandu, celebrated his birthday in a truly meaningful way. Choosing to share his special day with the elderly residents of Chhoriko Ghar Elderly Home in Tathali, Bhaktapur, he turned the occasion into a heartwarming moment of joy and connection. Surrounded by the blessings and smiles of the elderly mothers and fathers, Mr. Rana Magar made the day unforgettable by gifting them warm clothing, serving a sumptuous meal and cutting a cake together to spread happiness and cheer. His thoughtful act of celebrating life with those who have so much wisdom and love to share was a true testament to his kindness and generosity. We extend our deepest gratitude and admiration to Mr. Rana Magar for this selfless act and wish him a very Happy Birthday! May his life and his family be filled with endless joy, peace, prosperity and boundless blessings. Chhoriko Ghar Elderly HomeChangunarayan Municipality–9, Tathali, Bhaktapur

Read more