ईश्वरी खड्काको प्रेरणादायी पहल-
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं.- ४ निवासी समाजसेवी ईश्वरी खड्का ज्यूले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै प्रशंसनीय उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँले यस विशेष दिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी मानव सेवाको भावनालाई प्राथमिकता दिँदै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पुगेर त्यहाँ आश्रित बुवा–आमाहरूका लागि खाद्यान्न सहयोग प्रदान गर्नुभएको हो।
ज्येष्ठ नागरिकहरू समाजका अमूल्य धरोहर हुन्। जीवनका अनेक संघर्ष र अनुभव बोकेर आएका ती बुवा–आमाहरूलाई सम्मान, माया र सहारा दिनु सम्पूर्ण समाजको दायित्व हो। यस्तो अवस्थामा जन्मदिनजस्तो खुशीको क्षणलाई सेवा र सहयोगसँग जोड्नु वास्तवमै अनुकरणीय कार्य हो।
ईश्वरी खड्का ज्यूको यस मानवीय कदमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। व्यक्तिगत खुसीलाई समाजका आवश्यकतासँग जोड्दा त्यसले केवल एक दिनको सहयोग मात्र होइन, दीर्घकालीन प्रेरणा पनि दिन्छ। यस्ता कार्यहरूले समाजमा परोपकार, सहकार्य र मानवताको भावना अझ बलियो बनाउँदै लैजान्छ।
उहाँको यो उदाहरणीय पहलले अन्य व्यक्तिहरूलाई पनि आफ्ना विशेष दिनहरूलाई सामाजिक सेवामा समर्पित गर्न प्रेरणा मिल्ने विश्वास गर्न सकिन्छ, यस्तो महान कार्य गर्नुभएकोमा ईश्वरी खड्का ज्यूलाई हार्दिक आभार व्यक्त गर्दै जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण -९, ताथली, भक्तपुर
