जन्मदिनलाई मानवताको पर्व बनाउने प्रेरणा –

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. ९ निवासी समाजसेवी तथा संवेदनशील मनका धनी श्री कृष्ण हरि खड्का ज्यूले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी, सामाजिक उत्तरदायित्वको उज्यालो उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।
जन्मदिनको पावन अवसरमा वहाँले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरूको लागि खाद्यान्न सहयोग गर्नुभएको छ । जब समाजमा देखावटी उत्सव र अनावश्यक खर्चको प्रतिस्पर्धा बढिरहेको छ, त्यही भीडमा खड्का ज्यूको यो कदम मौन तर गहिरो अर्थ बोकेको प्रेरणादायी कार्य बनेको छ।
खड्का ज्यूको यो पहल केवल केही परिमाणको खाद्यान्न वितरण मात्र होइन, यो आशाको ज्योति, सहानुभूतिका शब्द र समाजप्रतिको उत्तरदायित्व हो। जसले पीडामा परेकालाई राहत दिन्छ, र युवापुस्तालाई सेवामार्फत जीवनलाई अर्थपूर्ण बनाउने मार्ग देखाउँछ।
श्री कृष्ण हरि खड्का ज्यूको यस पुण्य कार्यको उच्च कदर गर्दै, उहाँको जीवनमा सुस्वास्थ्य, दीर्घायु र अझ धेरै सेवाका अवसरहरूको कामना गर्दछौ ।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण-९, ताथली, भक्तपुर