जन्मदिनलाई सेवामा रुपान्तरण गर्ने सामाजिक सन्देश—
आजको उपभोक्तावादी समाजमा जन्मदिन, विवाह, उत्सवजस्ता प्रायः प्रर्दशन भड्किलो खर्चसँग जोडिने गरेका छन् । तर यिनै अवसरलाई समाजप्रतिको उत्तरदायित्वसँग जोडेर अर्थपूर्ण बनाउने व्यक्तिहरु नै वास्तवमा प्रेरणाका स्रोत हुन् । यस्तै एक उदाहरण बनेका छन्, कोशी प्रदेश, मोरङ जिल्ला, कानेपोखरी गाउँपालिका वडा नं—७, निवासी समाजसेवी व्यक्तित्व श्री प्रशान्त भट्टाई ।
आफ्नो २३औं जन्मदिनको पावन अवसरमा, वहाँले छोरीको घर आश्रममा उपस्थित भई आश्रमका आमा–बुवाहरूका लागि एक दिनको भोजन स्वरुप रु. १५,०००( पन्ध्र हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ । यो सहयोग रकम मात्र होइन, अभिभावक विहिन बुवा, आमाहरूको जीवनमा आशा, आत्मीयता र मानवीय संवेदनाको गहिरो सन्देश हो ।
वास्तवमा जन्मदिन मनाउने संस्कृतिको सार र केक काट्नु वा भोजभतेर गर्नु मात्र होइन, अरुको जीवनमा केही समयका लागि भए पनि खुसी राहत दिनु हो । श्री प्रशान्त भट्टाई ज्यूको यो कार्यले जन्मदिनलाई आत्मकेद्रित उत्सवभन्दा माथि उठाएर सामाजिक रुपान्तरणको अवसर बदल्ने बाटो देखाएको छ ।
समाजसेवी श्री प्रशान्त भट्टाई ज्यूको जन्मदिनको पावन अवसरमा सुस्वास्थ, दीर्घायू, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै, अष्टचिरन्जीवी सदा दाहिना रहुँन भनि भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार ,
चाँगुनारायण -९, ताथली, भक्तपुर
