शोकलाई सेवामा रुपान्तरण गर्ने उदाहरण—

व्यक्तिगत पीडालाई सामाजिक सेवासँग जोड्न सक्नु नै सच्चा मानवीय चेतनाको परिचायक हो । भक्क्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं—८, सुडाल निवासी ऋषि गोतामे ज्यूले छोरीको तिथिको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रित बुवा—आमाहरुलाई भोजन ग्रहण गराउनु भएको छ ।
दिवंगत छोरीको सम्झनालाई आँसु र मौनतामा सीमित नराखी समाजका ज्येष्ठ नागरिक प्रति सम्मान र करुणाका साथ अभिव्यक्ति गर्नु वहाँको संवेदनशील सोचको प्रमाण हो । आजको व्यस्त समाजमा यस्ता कार्यहरुले पारिवारिक मूल्य, सामाजिक उत्तरदायित्व र मानवीय सम्बन्धको महत्व स्मरण गराउँछन् ।
ज्येष्ठ नागरिकहरुलाई सम्मानपूर्वक भोजन ग्रहण गराउनु केवल एक कार्यक्रम मात्र होइन, यो उनीहरुलाई अपनत्व र आत्मीयताको अनुभूति गराउने कार्य हो । ऋषि गोतामे ज्यूको यो कदमले दुःखलाई सेवामा बदल्न सकिने र स्मृतिलाई समाज उपयोगी कार्य मार्फत अमर बनाउन सकिने पे्ररणादायी सन्देश दिएको छ । यस्तो महान कार्य गर्नुहुने ऋषि गोतामे लगायत वहाँको परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दै वहाँको परिवारमा कुल, पितृको आशीर्वाद सदा लागिरहोस भनि भगवानसँग प्रार्थना गर्दछौं ।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, ताथली, भक्क्तपुर