सेवा नै सच्चा धर्म—

काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं २७ निवासी आदरणीय श्री सुमि अमात्यज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा आश्रित बेसहारा, असहाय तथा विपन्न व्यक्तिहरुका लागि नगद रु. १,००० बराबरको खाना खुवाउनुभएको छ ।
वहाँको यो सानो तर मन छुने सहयोगले आश्रममा रहनुभएका ज्येष्ठ नागरिकहरुको अनुहारमा खुसी ल्याएको छ । आफ्नो खुसी बाड्दै, माया र सम्मानका साथ आमा, बुवाहरुलाई खाना खुवाउनु वास्तवमै सराहनीय कार्य हो ।
सुमि अमात्यज्यूको यस सहयोग प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै, परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं ।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, ताथली, भक्तपुर