छोरीको घर ज्येष्ठ नागरिक आश्रमका आमाबुवाहरुको लागि नगद सहयोग–

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं ३–बाराही स्थान बस्नु हुने समाजसेवी, धर्मप्रेमी, सहकारी संञ्चालक राजु खतिवडा ज्यूले पन्चशील बहुउदेश्य सहकारी संस्थाको बार्षिकोत्सवको सुखद अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएको आमाबुवाहरुलाई दिउसोको खाजा ग्रहण गर्नको लागि नगद रु.१०,००० (दश हजार) र साथमा न्यानो सल प्रदान गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं, साथै पन्चशील बहुउदेश्य सहकारी संस्थाको उज्वल भविष्यको कामना गर्दै आगामी दिनहरुमा यस्तै साथ र सपोटको अपेक्षा गर्दछौं ।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
ताथली ९–भक्तपुर