जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रमका बुवा, आमाहरुलाई भोजन ग्रहण
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं–८ जितपुर निवासी आदरणीय लक्ष्मी पण्डित ज्यूको कान्छी सुपुत्री पुनम पण्डित (खत्री) हाल अमेरीका बस्दैं आउनुभएको र मिति २०८१/१०/२२ गते वहाँको जन्मोत्सव परेकाले वहाँको तर्फबाट भक्तपुर ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि भोजन ग्रहण गराउनुभएको छ । वहाँलाई जन्मदिनको पावन अवसरमा कुल देवता, पितृदेव र अष्टचिरञ्जीवी सधैं दाहिना रहुन र वहाँ लगायत वहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति समृद्धि, एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
ताथली ९– भक्तपुर