जन्मदिनको शुभ अवसरमा नगद सहयोग—
भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं —९ निवासी रेश्मा महत ज्यूको जीवनको अर्को एक सुन्दर वर्ष पुरा भएको यस विशेष दिनलाई मायाँ, सद्भाव र कृतज्ञता सहित मनाउने उदेश्यले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनु भएका बुवा, आमाहरुको सहयोगार्थ नगद रु. ५,५५५ (पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ) सहयोग गर्नुभएकोमा आश्रम परिवार रेश्मा महत लगायत वहाँको सम्पूर्ण परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
साथै रेश्मा महत ज्यूको जन्मदिनको पावन अवसरमा सु—स्वास्थ्य, दिर्घायू, उतरोत्तर प्रगतिको कामना गर्दै,अष्टचिरञ्जीवी सदा दाहिना रहुन, कुल पितृको आशीर्वाद सदा सर्वदा लागिरहोस् भनि आराध्यदेव भगवान श्री पशुपति नाँथसँग प्रार्थना गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, भक्तपुर
