पुण्यतिथिमा मानवसेवाको उदाहरण-

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. -१,निवासी रमा लक्ष्मी साखकर्मीले आफ्ना स्वर्गीय श्रीमानको पुण्यतिथिको अवसरलाई स्मरणीय बनाउँदै सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई त्यहाँ आश्रित बुवा–आमाहरूका लागि बिहानको भोजन खुवाउनुका साथै खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो।
आफन्तको सम्झनामा गरिने यस्ता पुण्यकार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गर्दछ। रमा लक्ष्मी साखकर्मीले व्यक्तिगत शोकलाई सेवामूलक कार्यमा रूपान्तरण गर्दै आश्रममा बसोबास गरिरहेका ज्येष्ठ नागरिकप्रति सम्मान र माया प्रकट गर्नुभएको छ। आश्रममा रहेका बुवा–आमाहरूलाई भोजन गराउनु र खाद्यान्न सहयोग गर्नु केवल दान मात्र नभई मानवीय संवेदनाको उच्च उदाहरण पनि हो।
आजको व्यस्त र स्वार्थकेन्द्रित समाजमा यस्ता मानवीय कार्यले सामाजिक उत्तरदायित्वको महत्व झल्काउँछ। पुण्यतिथिलाई सेवा र सहयोगमार्फत स्मरण गर्ने संस्कारले समाजमा परोपकारको भावना अझ बलियो बनाउने अपेक्षा गर्न सकिन्छ।
रमा लक्ष्मी साखकर्मीज्यू लाई यस मानवीय कार्य गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै वँहाको स्वर्गीय श्रीमान प्रति बैकुन्ठ बाँसको कामना गर्दछौं।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण -९, ताथली, भक्तपुर