पुण्य कर्ममा जीवन्त स्मृति—

काठमाण्डौं—१३,स्थाई घर भई हाल भक्तपुर—१० कमलविनायक निवासी पुष्पा भारतीज्यूले आफ्नो बुवाको पुण्य तिथिलाई केवल औपचारिक कर्मकाण्डमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्नु भएको छ । छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रित बुवा—आमाहरुलाई भोजन ग्रहण गराउनुका साथै मोजा, टोपी र दक्षिणा सहयोग गर्नु वहाँको मानवीय संवेदना र संस्कारको उदाहरण हो ।
आजको व्यस्त र आत्मकेन्द्रित समाजमा यस्ता कर्म दुर्लभ बन्दै गएका छन् । जन्मदिने बुवाको स्मृतिलाई आश्रममा जीवन बिताइरहेका अभिभावकहरुसँग जोडेर सम्मान गर्नु केवल व्यक्तिगत श्रद्धा मात्र होइन, सामाजिक चेतनाको सशक्त सन्देश पनि हो । यसले श्रद्धा भनेको खर्चिलो विधि होइन, पीडित र एक्लिएका मनमा अपनत्व बाड्नु हो भन्ने भाव उजागर गर्छ ।
पुण्य तिथिमा गरिएको यस्तो सेवा कार्यले दिवंगत आत्माप्रति सच्चा सम्मान प्रकट गर्छ, साथै समाजमा करुणा, सहानुभूति र कर्तव्यबोधको बाटो देखाउँछ । पुष्पा भारतीज्यूको यो कार्य प्रति हार्दिक आभार व्यक्त गर्दै, वहाँ लगायत वहाँको परिवारप्रति सुख, शान्ति, समृद्धिको कामना गर्दछौं ।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, ताथली, भक्क्तपुर