सेवामा मन, मानवतामा धर्म-

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ९ निवासी टिका बहादुर खड्का ज्यूले आफ्नो छोरा दिपेन्द्र खड्का ज्यूको जन्मदिनलाई केवल पारिवारिक खुसीमा सीमित नराखी समाजसेवामा समर्पित गर्नु भएको छ। छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा आश्रित बुवा–आमाहरूको सेवामा वहाँले खाद्यान्न,८ वटा ब्ल्यांकेट र दक्षिणा सहयोग गर्नुभएको छ ।
जन्मदिनलाई उपभोग र तडकभडकको प्रतीक बनाउने प्रवृत्तिबीच खड्का परिवारले अपनाएको यो मानवीय सोचले आश्रममा रहनुभएका बुवा, आमाहरूलाई केवल सामग्री मात्र होइन, आत्मीयता, सम्मान साट्नु भएको छ।
आजको व्यस्त र स्वार्थप्रधान समाजमा धेरै बुवा–आमा आफ्नै सन्तानबाट टाढिन बाध्य छन्। यस्तो अवस्थामा आश्रमहरू केवल बसोबासको थलो मात्र होइन, आशाको केन्द्र बन्दै गएका छन्। यस्ता संस्थाहरूमा पुगेर सहयोग गर्नु भनेको समाजप्रतिको दायित्व पूरा गर्नु हो, जुन काम खड्का परिवारले व्यवहारमै उतारेर देखाउनुभएको छ।
यस सहयोग कार्यक्रमले एउटा सन्देश दिएको छ—सेवा कुनै ठूलो हैसियत वा सम्पत्तिबाट होइन, सानो मनको ठूला भावनाबाट सुरु हुन्छ। दिपेन्द्र खड्का ज्यूको जन्मदिनमा गरिएको यो सामाजिक कर्मले उहाँको जीवनमा पनि करुणा, सहानुभूति र उत्तरदायित्वको मूल्य थप गहिरो बन्नेछ ।
खड्का परिवारलाई यस प्रेरणादायी कार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै दिपेन्द्र खड्का ज्यूको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको कामना गर्दै अष्टचिरन्जीवी सदा दाहिना रहुन कुल पित्रीको आशीर्वाद सदा सर्वदा लागिरहोस भनी भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण -९ ताथली, भक्तपुर