हार्दिक धन्यवाद तथा नमन।
मिति २०८२/०७/१९ गते बुधबार को दिन
छोरीको जन्मदिनको अवसरमा छोरीको घर जेष्ठ नागरिक आश्रममा नगद र खाद्यान्न सहयोग –
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर -९ निवासी आदरणीय शान्ति श्रेष्ठज्यूले छोरीको घर जेष्ठ नागरिक आश्रममा पाल्नुभई आश्रममा रहनुभएको बुबाआमाहरूको सहयोगार्थ नगद ५२०/- (पाचँ सय बिस रूपैयाँ ) र खाद्यान्न ( बिस्कुट ,चिनी , चकलेट) सहयोग गर्नुभएकोमा आश्रम परिवार र उहाँको परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै शान्ति श्रेष्ठ ज्यूको परिवारमा सुख, शान्ति ,समृद्धिको साथै कुल पितृको आशिर्वाद सदा सर्वदा रहिरहोस् भनी भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं। आगामी दिनहरूमा पनि उहाँको समाजसेवाको यात्रा अझ बढीरहोस् भन्ने कामना गर्दछौँ।
छोरीको घर जेष्ठ नागरिक आश्रम चाँगुनारायण -९
भक्तपुर ताथली
