हार्दिक धन्यवाद तथा नमन।

सेवा नै धर्म हो।

मिति२०८२/०७/२७ गतेका दिन

हाम्रो यस भक्तपुर जिल्लाको ताथलीमा सञ्चालित छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि भक्तपुर चागुनारायण नगरपालिका- ९ ताथली सौडोल निवासी समाजसेवी तथा सहयोगी मनको धनी आदरणीय श्री मनिषा सुवाल ज्यूले आफ्नो शुभ जन्म दिवसको पावन अवसरमा यस छोरीको घर जेष्ठ नागरिक आश्रममा पाल्नुभई आश्रममा रहनुभएको आमाबुबाहरूलाई बिहानको खाना खुवाउनुभएकोमा हाम्रो यस आश्रम परिवार हार्दिक नमन व्यक्त गर्दछ। साथै वहाँ र वहाँको परिवारमा सुख, शान्ति छाहोस् भन्दै भगवानसँग प्रार्थना गर्दछौं।

साथै जन्मदिनको पावन अवसरमा वहाँको जीवनमा कहिले पनि दुःख ,कष्ट आइनपरोस् यदि आइपरेको खण्डमा भगवानले सजिलै समाधान गर्ने शक्ति प्रदान गरुन् भन्दै श्री पशुपतिनाथ सँग यस छोरीको घर जेष्ठ नागरिक आश्रम प्रार्थना गर्दछौं।

धन्यवाद ।

राधे राधे जय होस्