जन्मोत्सवको शुभ अवसरमा भोजन ग्रहण कार्यक्रम—

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं—८, सुडाल निवासी आदरणीय श्री मुकेश दाहाल ज्यूको जन्मदिनको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको सहयोगार्थ नगद रु.६,००० (छ हजार रुपैयाँ) बराबरको भोजन ग्रहण गराउनु भएकोमा आश्रम परिवार मुकेश दाहाल ज्यू, लगायत वहाँको परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
जन्मदिनको अवसरमा आश्रमका बुवा—आमाहरुलाई भोजन ग्रहण गराउने हेतुले व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने सकारात्मक संस्कार विकास गर्ने पहलले समाजमा करुणा, सहानुभूति र पारस्परिक सहयोगको भावना बलियो बनाउँछ । यस्तो महान कार्य गर्ने मुकेश दाहाल ज्यूलाई जन्मदिनको पावन अवसरमा सुख, शान्ति, समृद्धि एवं सर्वाङ्गीण क्षेत्रमा प्रगतिको कामना गर्दछौं ।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, भक्तपुर