जन्मदिनको पावन अवसरमा भोजन ग्रहण—
भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—९ निवासी समाजसेवी तथा धर्मप्रेमी आदरणीय श्री देवेन्द्र खड्का ज्यूले जन्मोत्सवको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको सहयोगार्थ नगद रु. ६,००० (छ हजार रुपैयाँ) बराबरको भोजन ग्रहण तथा जाडोको लागि न्यायो कपडा प्रदान गर्नु भएकोमा आश्रम परिवार देवेन्द्र खड्का लगायत वहाँको परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
साथै देवेन्द्र खड्का ज्यूलाई जन्मदिनको पावन अवसरमा सु—स्वास्थ्य, दिर्घायू, उतरोत्तर प्रगतिको कामना गर्दै वहाँको आगामी यात्रा अझ प्रगति तर्फ लम्किरहोस् भनि भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९ ताथली, भक्तपुर
