जन्मदिनमा सेवा र नगद सहयोग—

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं १० निवासी समाजसेवी आदरणीय श्री सुरेश खत्रीज्यूले आफ्नो जन्मदिनको अवसरमा समाजप्रति कर्तव्यबोधको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । व्यक्तिगत उत्सवलाई मात्र सीमित नराखी, वहाँले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएको बुवा, आमाहरुको सहयोगार्थ नगद सहयोग गर्नुभएको छ ।
यो सहयोग केवल आर्थिक सहयोग मात्र नभई सहानुभूति, माया र समाजप्रति जिम्मेवारीको प्रतिक हो । सुरेश खत्रीज्यूको यो पहलले हामी सबैमा सेवा नै धर्म हो भन्ने सन्देशलाई अझ प्रगाढ बनाएको छ । वहाँको उदारता र मानवता प्रतिको प्रतिबद्धताले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ र हामी सबैलाई अरुको जीवन उज्यालो पार्न सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा स्मरण गराउँछ ।
सुरेश खत्रीज्यूलाई जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायू, उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाको आगामी यात्रा अझ बढी प्रगति तर्फ लम्किरहोस भनि भगवान श्री पशुपति नाथ भगवानसँग प्रार्थना गर्दछौं ।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, ताथली, भक्तपुर