आमाको स्मृतिमा सेवा, समाजका लागि एउटा प्रेरणा—
भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—७, गोलमटी निवासी आदरणीय शर्मिष्टा कार्जी ज्यूले स्वर्गीय आमाको वार्षिक पूण्य तिथिको अवसरमा समाजसेवाको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ ।
वहाँले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई त्यहाँ आश्रय लिइरहनुभएका बुवा, आमाहरुको सहयोगार्थ नगद रु.१५,००० बराबरको खाना—खाजाको व्यवस्था गर्नुभएको छ । आमाको सम्झनामा गरिने यस्तो सेवा मूलक कार्यले केवल व्यक्तिगत श्रद्धा मात्र होइन, समाजप्रतिको उत्तरदायित्वको सन्देश पनि दिन्छ । आजको समाजमा वृद्धवृद्धाहरुको अवस्था सोचनीय बन्दै गएको छ । आफ्नो सन्तानबाट टाढा बस्न बाध्य धेरै आमाबुवाहरुका लागि यस्ता सहयोगहरु आत्मीयताको अनुभूति बन्ने गर्छन ।
सेवा नै साँचो श्रद्धाञ्जली हो । दिवंगत आमाको स्मृतिमा गरिएको यस पूण्य कार्यले समाजलाई करुणा, सहानुभूति र मानवताको मार्गतर्फ डोर्याउने काम गरेको छ । यस्तो प्रेरणादायी कदमको लागि वहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, ताथली, भक्तपुर
