मातृ स्मृतिबाट मानवतासम्म-

समाजमा धर्म, संस्कार र कर्तव्यको अर्थ केवल कर्मकाण्डमा सीमित रहँदैन। जब कुनै व्यक्तिले आफ्नो व्यक्तिगत पीडालाई समाजसेवामा रूपान्तरण गर्छ, तब त्यसले मानवताको साँचो उदाहरण दिन्छ। काभ्रे जिल्ला, बनेपा नगरपालिका वडा नं. ४, रोशी निवासी ओशिन थापा ज्यूको कार्य पनि यस्तै प्रेरणादायी उदाहरण बनेको छ।
आमाको पुण्य तिथिजस्तो संवेदनशील दिनलाई उहाँले केवल श्रद्धाञ्जलीमा सीमित राख्नु भएन, बरु त्यसलाई समाजप्रतिको दायित्वमा रूपान्तरण गर्नुभयो। स्वयं छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पुगेर त्यहाँ आश्रित बुवा–आमाहरूका लागि नगद रु. ४,००० तथा जाडोका लागि न्यानो कपडा वितरण गर्नु उहाँको मानवीय चेतनाको प्रत्यक्ष प्रमाण हो।
आजको स्वार्थी हुँदै गएको समाजमा ज्येष्ठ नागरिकहरूलाई सम्झने, सम्मान गर्ने र माया गर्ने संस्कार हराउँदै गइरहेको अवस्थामा ओशिन थापा ज्यूको यो कदमले समाजलाई गहिरो सन्देश दिएको छ।
यस्तो महान कार्य गर्नुभएकोमा ओशिन थापा ज्यूलाई हार्दिक आभार व्यक्त गर्दै स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बैकुण्ठ बासको कामना गर्दछौं।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण -९, ताथली, भक्तपुर