Chhori ko ghar Jestha Nagarik Ashram

Loading

जन्मदिनको अवसरमा भोजन ग्रहणको लागि सहयोग

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं—१० निवासी समाजसेवी एवं धर्मप्रेमी आदरणीय श्री रजत खड्का ज्यूले सुपुत्र शिवांश खड्का ज्यूको शुभ जन्मोत्सवको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा आमाहरुको सहयोगार्थ नगद रु. ६,००० (छ हजार रुपैयां) बराबरको भोजन ग्रहण गराउनु भएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।साथै शिवांश खड्का ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सु—स्वास्थ, दिर्घायू, उतरोत्तर प्रगति एवं अष्टचिरन्जीवी सदा सर्वदा दाहिना रहुन भनि भगवानसंग प्रार्थना गर्दछौं ।छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण —९, भक्तपुर

Read more
छोरीको घर ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग

भक्तपुर जिल्ला स्थायी घर हुनुभएको समाजसेवी आदरणीय श्री इन्द्रमाया शाही ज्यूको सम्पूर्ण परिवार छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु २०,००० (बिस हजार) बराबरको खाद्यान्न लगायत लत्ता कपडा सहयोग गर्नुभएकोमा आश्रम परिवार इन्द्रमाया शाही लगाएत वहाँको सम्पूर्ण परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।साथै इन्द्रमाया शाही ज्यूको परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं ।छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण, ९—ताथली, भक्तपुर

Read more
स्वं आमाको पूण्य तिथिको अवसरमा भोजन सहयोग

भक्तपुर जिल्ला, चागुनारायण नगरपालिका स्थायी घर हुनुभएको समाजसेवी आदरणीय श्री खड्ग कुमारी उप्रेती ज्यूले आफ्नो स्वं आमाको पूण्य तिथिको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु ३,००० बराबरको भोजन ग्रहण गराउनु भएकोमा आश्रम परिवार खड्ग कुमारी उप्रेती ज्यूको स्वं आमाको बैकुण्ठ बासको कामना गर्दै खड्ग कुमारी उप्रेती ज्यू लगायत वहाँको सम्पूर्ण परिवारमा कुल, पितृको आशीवार्द सदा सर्वदा लागिरहोस् भन्ने कामना गर्दछौं ।छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,ताथली, ९—भक्तपुर

Read more
हार्दिक धन्यवाद तथा नमन।

सेवा नै धर्म हो। मिति२०८२/०७/२७ गतेका दिन हाम्रो यस भक्तपुर जिल्लाको ताथलीमा सञ्चालित छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि भक्तपुर चागुनारायण नगरपालिका- ९ ताथली सौडोल निवासी समाजसेवी तथा सहयोगी मनको धनी आदरणीय श्री मनिषा सुवाल ज्यूले आफ्नो शुभ जन्म दिवसको पावन अवसरमा यस छोरीको घर जेष्ठ नागरिक आश्रममा पाल्नुभई आश्रममा रहनुभएको आमाबुबाहरूलाई बिहानको खाना खुवाउनुभएकोमा हाम्रो यस आश्रम परिवार हार्दिक नमन व्यक्त गर्दछ। साथै वहाँ र वहाँको परिवारमा सुख, शान्ति छाहोस् भन्दै भगवानसँग प्रार्थना गर्दछौं। साथै जन्मदिनको पावन अवसरमा वहाँको जीवनमा कहिले पनि दुःख ,कष्ट आइनपरोस् यदि आइपरेको खण्डमा भगवानले सजिलै समाधान गर्ने शक्ति प्रदान गरुन् भन्दै श्री पशुपतिनाथ सँग यस छोरीको घर जेष्ठ नागरिक आश्रम प्रार्थना गर्दछौं। धन्यवाद । राधे राधे जय होस्

Read more
हार्दिक धन्यवाद तथा नमन।

मिति २०८२/०७/१९ गते बुधबार को दिन छोरीको जन्मदिनको अवसरमा छोरीको घर जेष्ठ नागरिक आश्रममा नगद र खाद्यान्न सहयोग – भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर -९ निवासी आदरणीय शान्ति श्रेष्ठज्यूले छोरीको घर जेष्ठ नागरिक आश्रममा पाल्नुभई आश्रममा रहनुभएको बुबाआमाहरूको सहयोगार्थ नगद ५२०/- (पाचँ सय बिस रूपैयाँ ) र खाद्यान्न ( बिस्कुट ,चिनी , चकलेट) सहयोग गर्नुभएकोमा आश्रम परिवार र उहाँको परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै शान्ति श्रेष्ठ ज्यूको परिवारमा सुख, शान्ति ,समृद्धिको साथै कुल पितृको आशिर्वाद सदा सर्वदा रहिरहोस् भनी भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं। आगामी दिनहरूमा पनि उहाँको समाजसेवाको यात्रा अझ बढीरहोस् भन्ने कामना गर्दछौँ। छोरीको घर जेष्ठ नागरिक आश्रम चाँगुनारायण -९ भक्तपुर ताथली

Read more
दिपक भट्टराई ज्यू ले आफ्नो छाेरी दिपिसा भट्टराई ज्यु काे जन्मदिनकाे अवसरमा आस्रममा आस्रित बा आमाकाे लागि निसुल्क खाना

आज मिति 2082/04/11 गतेका दिन ईलाम जिल्ला सन्दकपुर गाउँ पालिका वडा नं 5 जमुना निवासी आदरणिय व्यक्तित्व दिपक भट्टराई ज्यू ले आफ्नो छाेरी दिपिसा भट्टराई ज्यु काे जन्मदिनकाे अवसरमा आस्रममा आस्रित बा आमाकाे लागि निसुल्क खानाकाे लागि रू 7000 1/1 वटा पछ्याैरी फलफूल प्रदान गर्नुभयाे उहांकाे परिवारलाई धेरै धेरै धन्यवाद

Read more
जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा नगद सहयोग—

भक्तपुर जिल्ला, चांगुनारायण नगरपालिका वडा नं —४ पिखेल निवासी आदरणीय सुर्दशन खड्का ज्यूले आफ्नो जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा गई आश्रममा रहनुभएका बुवा आमाको सहयोगार्थ नगद रु १०,००० (दश हजार) र फलफूल सहयोग गर्नुभएकोमा आश्रम परिवार सुदर्शन खड्का ज्यूको सु—स्वास्थ्य, दिर्घायू र उतरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा वहांको समाजसेवाको यात्रा अझ अगाडी बढिरहोस् भनि भगवान पशुपति नाथसंग प्राथाना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रमताथली ९—भक्तपुर Cash Donation to Chhori Ko Ghar Jesthanagarik Ashram on the Occasion of Birthday— On the special occasion of his birthday, respected Mr. Surdarsan Khadka a resident of Changunarayan Municipality, Ward No. 4, Pikhel, Bhaktapur District, visited Chhori Ko Ghar Senior Citizens Ashram and generously donated NPR 10,000 (Ten Thousand Rupees) in cash along with fruits for the well-being of the elderly residents of the ashram. The Ashram family sincerely prays to Lord Pashupatinath for Mr. Khadka’s good health, long life and continued progress. May his journey in social service continue to grow and inspire in the days ahead. Chhori Ko Ghar Jesthanagarik AshramTathali-9, Bhaktapur

Read more
छोरीको घर ज्येष्ठ नागरिक आश्रममा नगद र खाद्यान्न सहयोग—

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिकमा वडा नं ८—निवासी आदरणीय सिम्रन मानन्धर ज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा गई आश्रममा रहनुभएका बुवा आमाहरुको सहयोगार्थ नगद रु 1,000 (एक हजार) र खाद्यान्न (जुस, बिस्कुट, केरा) सहयोग गर्नुभएकोमा आश्रम परिवार वहांको परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै सिम्रन मानन्धर ज्यूको परिवारमा सुख, शान्ति, समृद्धिको साथै कुल पितृको आशिर्वाद सदा सर्वदा रहिरहोस् भनि भगवान श्री पशुपति नाथसंग प्राथाना गर्दछौं । आगामी दिनहरुमा पनि वहांको समाजसेवाको यात्रा अझ बढिरहोस् भन्ने कामना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रमताथली ९—भक्तपुर Cash and Food Donation at Chhori Ko Ghar Senior Citizens Ashram Respected Simran Manandhar, a resident of Ward No. 8, Bhaktapur Municipality, Bhaktapur District, visited Chhori Ko Ghar jesthanagarik Ashram and generously contributed NPR 1,000 (One Thousand Rupees) in cash along with food items including juice, biscuits and bananas for the well-being of the elderly fathers and mothers residing at the ashram. The Ashram family extends heartfelt gratitude to her and her family. We sincerely pray to Lord Shri Pashupatinath for lasting happiness, peace, and prosperity in her family, along with the eternal blessings of her ancestors. We also wish for her noble journey of social service to continue and grow in the days to come. Chhori Ko Ghar jesthanagarik AshramTathali-9, Bhaktapur

Read more
छोरीको घर ज्येष्ठ नागरिक आश्रमका आमाबुवाहरुको लागि नगद सहयोग–

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं ३–बाराही स्थान बस्नु हुने समाजसेवी, धर्मप्रेमी, सहकारी संञ्चालक राजु खतिवडा ज्यूले पन्चशील बहुउदेश्य सहकारी संस्थाको बार्षिकोत्सवको सुखद अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएको आमाबुवाहरुलाई दिउसोको खाजा ग्रहण गर्नको लागि नगद रु.१०,००० (दश हजार) र साथमा न्यानो सल प्रदान गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं, साथै पन्चशील बहुउदेश्य सहकारी संस्थाको उज्वल भविष्यको कामना गर्दै आगामी दिनहरुमा यस्तै साथ र सपोटको अपेक्षा गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,ताथली ९–भक्तपुर

Read more
जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रमका बुवा, आमाहरुलाई भोजन ग्रहण

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं–८ जितपुर निवासी आदरणीय लक्ष्मी पण्डित ज्यूको कान्छी सुपुत्री पुनम पण्डित (खत्री) हाल अमेरीका बस्दैं आउनुभएको र मिति २०८१/१०/२२ गते वहाँको जन्मोत्सव परेकाले वहाँको तर्फबाट भक्तपुर ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि भोजन ग्रहण गराउनुभएको छ । वहाँलाई जन्मदिनको पावन अवसरमा कुल देवता, पितृदेव र अष्टचिरञ्जीवी सधैं दाहिना रहुन र वहाँ लगायत वहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति समृद्धि, एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,ताथली ९– भक्तपुर

Read more