Chhori ko ghar Jestha Nagarik Ashram

Loading

स्व. पतिको जन्मदिनमा मानवताको उज्यालो उदाहरण—

काभ्रे जिल्ला, बनेपा नगरपालिका वडा नं—४, नाला निवासी समाजसेवी आदरणीय श्री पूर्ण लक्ष्मी श्रेष्ठ ज्यूले स्व.पति एविराज श्रेष्ठ ज्यूको जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि खाद्यान्न (चामल, दाल, चाउचाउ, फ्रुटी, बिस्कुट, चना अण्डा) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार प्रकट गर्दछ ।जीवनमा प्रिय व्यक्तिको भौतिक उपस्थिति नरहे पनि उहाँका सम्झनालाई समाजसेवा मार्फत अमर बनाउने यो पहल प्रशंसनीय छ । आश्रममा आश्रित बेसहारा, असहाय तथा विपन्न व्यक्तिहरुका लागि गरिएको यो सहयोगले उनीहरुको दैनिक राहत मात्र होइन, आत्मीयता र अपनत्वको अनुभूति समेत गराएको छ ।स्व.पतिको स्मृतिमा गरिएको यो पूर्णकार्यले उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नुको साथै बैकुण्ठ बासको कामना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, ताथली, भक्तपुर

Read more
जन्मदिनको पावन अवसरमा भोजन ग्रहण—

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—९ निवासी समाजसेवी तथा धर्मप्रेमी आदरणीय श्री देवेन्द्र खड्का ज्यूले जन्मोत्सवको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको सहयोगार्थ नगद रु. ६,००० (छ हजार रुपैयाँ) बराबरको भोजन ग्रहण तथा जाडोको लागि न्यायो कपडा प्रदान गर्नु भएकोमा आश्रम परिवार देवेन्द्र खड्का लगायत वहाँको परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।साथै देवेन्द्र खड्का ज्यूलाई जन्मदिनको पावन अवसरमा सु—स्वास्थ्य, दिर्घायू, उतरोत्तर प्रगतिको कामना गर्दै वहाँको आगामी यात्रा अझ प्रगति तर्फ लम्किरहोस् भनि भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९ ताथली, भक्तपुर

Read more
छोरीको घर ज्येष्ठ नागरिक आश्रममा नगद सहयोग—

काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं— १२ निवासी समाजसेवी आदरणीय श्री निमा नर्बु शेर्पा ज्यू, छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु. १,००० (एक हजार रुपैयाँ) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार व्यक्त गर्दछौं ।साथै निमा नर्बुृ शेर्पा लगायत वहाँको परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण —९, भक्तपुर

Read more
जन्मोत्सवको शुभ अवसरमा भोजन ग्रहण कार्यक्रम—

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं—८, सुडाल निवासी आदरणीय श्री मुकेश दाहाल ज्यूको जन्मदिनको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको सहयोगार्थ नगद रु.६,००० (छ हजार रुपैयाँ) बराबरको भोजन ग्रहण गराउनु भएकोमा आश्रम परिवार मुकेश दाहाल ज्यू, लगायत वहाँको परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।जन्मदिनको अवसरमा आश्रमका बुवा—आमाहरुलाई भोजन ग्रहण गराउने हेतुले व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने सकारात्मक संस्कार विकास गर्ने पहलले समाजमा करुणा, सहानुभूति र पारस्परिक सहयोगको भावना बलियो बनाउँछ । यस्तो महान कार्य गर्ने मुकेश दाहाल ज्यूलाई जन्मदिनको पावन अवसरमा सुख, शान्ति, समृद्धि एवं सर्वाङ्गीण क्षेत्रमा प्रगतिको कामना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, भक्तपुर

Read more
जन्मदिनको शुभ अवसरमा नगद सहयोग—

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं —९ निवासी रेश्मा महत ज्यूको जीवनको अर्को एक सुन्दर वर्ष पुरा भएको यस विशेष दिनलाई मायाँ, सद्भाव र कृतज्ञता सहित मनाउने उदेश्यले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनु भएका बुवा, आमाहरुको सहयोगार्थ नगद रु. ५,५५५ (पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ) सहयोग गर्नुभएकोमा आश्रम परिवार रेश्मा महत लगायत वहाँको सम्पूर्ण परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।साथै रेश्मा महत ज्यूको जन्मदिनको पावन अवसरमा सु—स्वास्थ्य, दिर्घायू, उतरोत्तर प्रगतिको कामना गर्दै,अष्टचिरञ्जीवी सदा दाहिना रहुन, कुल पितृको आशीर्वाद सदा सर्वदा लागिरहोस् भनि आराध्यदेव भगवान श्री पशुपति नाँथसँग प्रार्थना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, भक्तपुर

Read more
जन्मदिनको अवसरमा भोजन ग्रहणको लागि सहयोग

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं—१० निवासी समाजसेवी एवं धर्मप्रेमी आदरणीय श्री रजत खड्का ज्यूले सुपुत्र शिवांश खड्का ज्यूको शुभ जन्मोत्सवको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा आमाहरुको सहयोगार्थ नगद रु. ६,००० (छ हजार रुपैयां) बराबरको भोजन ग्रहण गराउनु भएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।साथै शिवांश खड्का ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सु—स्वास्थ, दिर्घायू, उतरोत्तर प्रगति एवं अष्टचिरन्जीवी सदा सर्वदा दाहिना रहुन भनि भगवानसंग प्रार्थना गर्दछौं ।छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण —९, भक्तपुर

Read more
छोरीको घर ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग

भक्तपुर जिल्ला स्थायी घर हुनुभएको समाजसेवी आदरणीय श्री इन्द्रमाया शाही ज्यूको सम्पूर्ण परिवार छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु २०,००० (बिस हजार) बराबरको खाद्यान्न लगायत लत्ता कपडा सहयोग गर्नुभएकोमा आश्रम परिवार इन्द्रमाया शाही लगाएत वहाँको सम्पूर्ण परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।साथै इन्द्रमाया शाही ज्यूको परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं ।छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण, ९—ताथली, भक्तपुर

Read more
स्वं आमाको पूण्य तिथिको अवसरमा भोजन सहयोग

भक्तपुर जिल्ला, चागुनारायण नगरपालिका स्थायी घर हुनुभएको समाजसेवी आदरणीय श्री खड्ग कुमारी उप्रेती ज्यूले आफ्नो स्वं आमाको पूण्य तिथिको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु ३,००० बराबरको भोजन ग्रहण गराउनु भएकोमा आश्रम परिवार खड्ग कुमारी उप्रेती ज्यूको स्वं आमाको बैकुण्ठ बासको कामना गर्दै खड्ग कुमारी उप्रेती ज्यू लगायत वहाँको सम्पूर्ण परिवारमा कुल, पितृको आशीवार्द सदा सर्वदा लागिरहोस् भन्ने कामना गर्दछौं ।छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,ताथली, ९—भक्तपुर

Read more
हार्दिक धन्यवाद तथा नमन।

सेवा नै धर्म हो। मिति२०८२/०७/२७ गतेका दिन हाम्रो यस भक्तपुर जिल्लाको ताथलीमा सञ्चालित छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि भक्तपुर चागुनारायण नगरपालिका- ९ ताथली सौडोल निवासी समाजसेवी तथा सहयोगी मनको धनी आदरणीय श्री मनिषा सुवाल ज्यूले आफ्नो शुभ जन्म दिवसको पावन अवसरमा यस छोरीको घर जेष्ठ नागरिक आश्रममा पाल्नुभई आश्रममा रहनुभएको आमाबुबाहरूलाई बिहानको खाना खुवाउनुभएकोमा हाम्रो यस आश्रम परिवार हार्दिक नमन व्यक्त गर्दछ। साथै वहाँ र वहाँको परिवारमा सुख, शान्ति छाहोस् भन्दै भगवानसँग प्रार्थना गर्दछौं। साथै जन्मदिनको पावन अवसरमा वहाँको जीवनमा कहिले पनि दुःख ,कष्ट आइनपरोस् यदि आइपरेको खण्डमा भगवानले सजिलै समाधान गर्ने शक्ति प्रदान गरुन् भन्दै श्री पशुपतिनाथ सँग यस छोरीको घर जेष्ठ नागरिक आश्रम प्रार्थना गर्दछौं। धन्यवाद । राधे राधे जय होस्

Read more
हार्दिक धन्यवाद तथा नमन।

मिति २०८२/०७/१९ गते बुधबार को दिन छोरीको जन्मदिनको अवसरमा छोरीको घर जेष्ठ नागरिक आश्रममा नगद र खाद्यान्न सहयोग – भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर -९ निवासी आदरणीय शान्ति श्रेष्ठज्यूले छोरीको घर जेष्ठ नागरिक आश्रममा पाल्नुभई आश्रममा रहनुभएको बुबाआमाहरूको सहयोगार्थ नगद ५२०/- (पाचँ सय बिस रूपैयाँ ) र खाद्यान्न ( बिस्कुट ,चिनी , चकलेट) सहयोग गर्नुभएकोमा आश्रम परिवार र उहाँको परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै शान्ति श्रेष्ठ ज्यूको परिवारमा सुख, शान्ति ,समृद्धिको साथै कुल पितृको आशिर्वाद सदा सर्वदा रहिरहोस् भनी भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं। आगामी दिनहरूमा पनि उहाँको समाजसेवाको यात्रा अझ बढीरहोस् भन्ने कामना गर्दछौँ। छोरीको घर जेष्ठ नागरिक आश्रम चाँगुनारायण -९ भक्तपुर ताथली

Read more