Chhori ko ghar Jestha Nagarik Ashram

Loading

सेवामा मन, मानवतामा धर्म-

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ९ निवासी टिका बहादुर खड्का ज्यूले आफ्नो छोरा दिपेन्द्र खड्का ज्यूको जन्मदिनलाई केवल पारिवारिक खुसीमा सीमित नराखी समाजसेवामा समर्पित गर्नु भएको छ। छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा आश्रित बुवा–आमाहरूको सेवामा वहाँले खाद्यान्न,८ वटा ब्ल्यांकेट र दक्षिणा सहयोग गर्नुभएको छ ।जन्मदिनलाई उपभोग र तडकभडकको प्रतीक बनाउने प्रवृत्तिबीच खड्का परिवारले अपनाएको यो मानवीय सोचले आश्रममा रहनुभएका बुवा, आमाहरूलाई केवल सामग्री मात्र होइन, आत्मीयता, सम्मान साट्नु भएको छ।आजको व्यस्त र स्वार्थप्रधान समाजमा धेरै बुवा–आमा आफ्नै सन्तानबाट टाढिन बाध्य छन्। यस्तो अवस्थामा आश्रमहरू केवल बसोबासको थलो मात्र होइन, आशाको केन्द्र बन्दै गएका छन्। यस्ता संस्थाहरूमा पुगेर सहयोग गर्नु भनेको समाजप्रतिको दायित्व पूरा गर्नु हो, जुन काम खड्का परिवारले व्यवहारमै उतारेर देखाउनुभएको छ।यस सहयोग कार्यक्रमले एउटा सन्देश दिएको छ—सेवा कुनै ठूलो हैसियत वा सम्पत्तिबाट होइन, सानो मनको ठूला भावनाबाट सुरु हुन्छ। दिपेन्द्र खड्का ज्यूको जन्मदिनमा गरिएको यो सामाजिक कर्मले उहाँको जीवनमा पनि करुणा, सहानुभूति र उत्तरदायित्वको मूल्य थप गहिरो बन्नेछ ।खड्का परिवारलाई यस प्रेरणादायी कार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै दिपेन्द्र खड्का ज्यूको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको कामना गर्दै अष्टचिरन्जीवी सदा दाहिना रहुन कुल पित्रीको आशीर्वाद सदा सर्वदा लागिरहोस भनी भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं। छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण -९ ताथली, भक्तपुर

Read more
जन्मदिनलाई मानवताको पर्व बनाउने प्रेरणा –

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. ९ निवासी समाजसेवी तथा संवेदनशील मनका धनी श्री कृष्ण हरि खड्का ज्यूले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी, सामाजिक उत्तरदायित्वको उज्यालो उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।जन्मदिनको पावन अवसरमा वहाँले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरूको लागि खाद्यान्न सहयोग गर्नुभएको छ । जब समाजमा देखावटी उत्सव र अनावश्यक खर्चको प्रतिस्पर्धा बढिरहेको छ, त्यही भीडमा खड्का ज्यूको यो कदम मौन तर गहिरो अर्थ बोकेको प्रेरणादायी कार्य बनेको छ।खड्का ज्यूको यो पहल केवल केही परिमाणको खाद्यान्न वितरण मात्र होइन, यो आशाको ज्योति, सहानुभूतिका शब्द र समाजप्रतिको उत्तरदायित्व हो। जसले पीडामा परेकालाई राहत दिन्छ, र युवापुस्तालाई सेवामार्फत जीवनलाई अर्थपूर्ण बनाउने मार्ग देखाउँछ।श्री कृष्ण हरि खड्का ज्यूको यस पुण्य कार्यको उच्च कदर गर्दै, उहाँको जीवनमा सुस्वास्थ्य, दीर्घायु र अझ धेरै सेवाका अवसरहरूको कामना गर्दछौ । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण-९, ताथली, भक्तपुर

Read more
जन्मदिनलाई सेवामा रुपान्तरण गर्ने सामाजिक सन्देश—

आजको उपभोक्तावादी समाजमा जन्मदिन, विवाह, उत्सवजस्ता प्रायः प्रर्दशन भड्किलो खर्चसँग जोडिने गरेका छन् । तर यिनै अवसरलाई समाजप्रतिको उत्तरदायित्वसँग जोडेर अर्थपूर्ण बनाउने व्यक्तिहरु नै वास्तवमा प्रेरणाका स्रोत हुन् । यस्तै एक उदाहरण बनेका छन्, कोशी प्रदेश, मोरङ जिल्ला, कानेपोखरी गाउँपालिका वडा नं—७, निवासी समाजसेवी व्यक्तित्व श्री प्रशान्त भट्टाई ।आफ्नो २३औं जन्मदिनको पावन अवसरमा, वहाँले छोरीको घर आश्रममा उपस्थित भई आश्रमका आमा–बुवाहरूका लागि एक दिनको भोजन स्वरुप रु. १५,०००( पन्ध्र हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ । यो सहयोग रकम मात्र होइन, अभिभावक विहिन बुवा, आमाहरूको जीवनमा आशा, आत्मीयता र मानवीय संवेदनाको गहिरो सन्देश हो ।वास्तवमा जन्मदिन मनाउने संस्कृतिको सार र केक काट्नु वा भोजभतेर गर्नु मात्र होइन, अरुको जीवनमा केही समयका लागि भए पनि खुसी राहत दिनु हो । श्री प्रशान्त भट्टाई ज्यूको यो कार्यले जन्मदिनलाई आत्मकेद्रित उत्सवभन्दा माथि उठाएर सामाजिक रुपान्तरणको अवसर बदल्ने बाटो देखाएको छ ।समाजसेवी श्री प्रशान्त भट्टाई ज्यूको जन्मदिनको पावन अवसरमा सुस्वास्थ, दीर्घायू, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै, अष्टचिरन्जीवी सदा दाहिना रहुँन भनि भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार ,चाँगुनारायण -९, ताथली, भक्तपुर

Read more
शोकलाई सेवामा रुपान्तरण गर्ने उदाहरण—

व्यक्तिगत पीडालाई सामाजिक सेवासँग जोड्न सक्नु नै सच्चा मानवीय चेतनाको परिचायक हो । भक्क्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं—८, सुडाल निवासी ऋषि गोतामे ज्यूले छोरीको तिथिको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रित बुवा—आमाहरुलाई भोजन ग्रहण गराउनु भएको छ ।दिवंगत छोरीको सम्झनालाई आँसु र मौनतामा सीमित नराखी समाजका ज्येष्ठ नागरिक प्रति सम्मान र करुणाका साथ अभिव्यक्ति गर्नु वहाँको संवेदनशील सोचको प्रमाण हो । आजको व्यस्त समाजमा यस्ता कार्यहरुले पारिवारिक मूल्य, सामाजिक उत्तरदायित्व र मानवीय सम्बन्धको महत्व स्मरण गराउँछन् ।ज्येष्ठ नागरिकहरुलाई सम्मानपूर्वक भोजन ग्रहण गराउनु केवल एक कार्यक्रम मात्र होइन, यो उनीहरुलाई अपनत्व र आत्मीयताको अनुभूति गराउने कार्य हो । ऋषि गोतामे ज्यूको यो कदमले दुःखलाई सेवामा बदल्न सकिने र स्मृतिलाई समाज उपयोगी कार्य मार्फत अमर बनाउन सकिने पे्ररणादायी सन्देश दिएको छ । यस्तो महान कार्य गर्नुहुने ऋषि गोतामे लगायत वहाँको परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दै वहाँको परिवारमा कुल, पितृको आशीर्वाद सदा लागिरहोस भनि भगवानसँग प्रार्थना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, ताथली, भक्क्तपुर

Read more
पुण्य कर्ममा जीवन्त स्मृति—

काठमाण्डौं—१३,स्थाई घर भई हाल भक्तपुर—१० कमलविनायक निवासी पुष्पा भारतीज्यूले आफ्नो बुवाको पुण्य तिथिलाई केवल औपचारिक कर्मकाण्डमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्नु भएको छ । छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रित बुवा—आमाहरुलाई भोजन ग्रहण गराउनुका साथै मोजा, टोपी र दक्षिणा सहयोग गर्नु वहाँको मानवीय संवेदना र संस्कारको उदाहरण हो ।आजको व्यस्त र आत्मकेन्द्रित समाजमा यस्ता कर्म दुर्लभ बन्दै गएका छन् । जन्मदिने बुवाको स्मृतिलाई आश्रममा जीवन बिताइरहेका अभिभावकहरुसँग जोडेर सम्मान गर्नु केवल व्यक्तिगत श्रद्धा मात्र होइन, सामाजिक चेतनाको सशक्त सन्देश पनि हो । यसले श्रद्धा भनेको खर्चिलो विधि होइन, पीडित र एक्लिएका मनमा अपनत्व बाड्नु हो भन्ने भाव उजागर गर्छ ।पुण्य तिथिमा गरिएको यस्तो सेवा कार्यले दिवंगत आत्माप्रति सच्चा सम्मान प्रकट गर्छ, साथै समाजमा करुणा, सहानुभूति र कर्तव्यबोधको बाटो देखाउँछ । पुष्पा भारतीज्यूको यो कार्य प्रति हार्दिक आभार व्यक्त गर्दै, वहाँ लगायत वहाँको परिवारप्रति सुख, शान्ति, समृद्धिको कामना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, ताथली, भक्क्तपुर

Read more
जन्मदिनमा सेवा र नगद सहयोग—

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं १० निवासी समाजसेवी आदरणीय श्री सुरेश खत्रीज्यूले आफ्नो जन्मदिनको अवसरमा समाजप्रति कर्तव्यबोधको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । व्यक्तिगत उत्सवलाई मात्र सीमित नराखी, वहाँले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएको बुवा, आमाहरुको सहयोगार्थ नगद सहयोग गर्नुभएको छ ।यो सहयोग केवल आर्थिक सहयोग मात्र नभई सहानुभूति, माया र समाजप्रति जिम्मेवारीको प्रतिक हो । सुरेश खत्रीज्यूको यो पहलले हामी सबैमा सेवा नै धर्म हो भन्ने सन्देशलाई अझ प्रगाढ बनाएको छ । वहाँको उदारता र मानवता प्रतिको प्रतिबद्धताले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ र हामी सबैलाई अरुको जीवन उज्यालो पार्न सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा स्मरण गराउँछ ।सुरेश खत्रीज्यूलाई जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायू, उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाको आगामी यात्रा अझ बढी प्रगति तर्फ लम्किरहोस भनि भगवान श्री पशुपति नाथ भगवानसँग प्रार्थना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, ताथली, भक्तपुर

Read more
सेवाभावको सुन्दर उदाहरण—

मानवता र करुणाको सन्देश फैलाउँदै काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं २५ निवासी आदरणीय श्री छोरी मैया श्रेष्ठज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रमा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु. २,००० बराबरको खाना खुवाएर एक प्रेरणादायी कार्य गर्नुभएको छ ।सानो देखिने यो सहयोगले आश्रममा रहेका धेरै अनुहारमा मुस्कान ल्याएको छ । आफ्नो खुसी नभई, अरुको पेट भरिनु नै साँचो खुसी हो भन्ने सन्देश वहाँको यो कार्यले दिएको छ ।आजको समाजमा यस्ता सकारात्मक पहलले मानवता अझ जीवित छ भन्ने विश्वास दिलाउँछ । छोरी मैया श्रेष्ठ ज्यूको यो सेवामूलक कदम प्रशंसनीय मात्र नभई, सबैको लागि अनुकरणीय उदाहरण बनेको छ ।सेवाभावको लागि छोरी मैया श्रेष्ठ लगायत वहाँको सम्पूर्ण परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै, परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, ताथली, भक्तपुर

Read more
सेवा नै सच्चा धर्म—

काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं २७ निवासी आदरणीय श्री सुमि अमात्यज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा आश्रित बेसहारा, असहाय तथा विपन्न व्यक्तिहरुका लागि नगद रु. १,००० बराबरको खाना खुवाउनुभएको छ ।वहाँको यो सानो तर मन छुने सहयोगले आश्रममा रहनुभएका ज्येष्ठ नागरिकहरुको अनुहारमा खुसी ल्याएको छ । आफ्नो खुसी बाड्दै, माया र सम्मानका साथ आमा, बुवाहरुलाई खाना खुवाउनु वास्तवमै सराहनीय कार्य हो ।सुमि अमात्यज्यूको यस सहयोग प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै, परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, ताथली, भक्तपुर

Read more
जन्मदिनलाई सेवामा रुपान्तरण गर्ने मानवीय सोच—

ज्वाँइको जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नगरी सामाजिक सेवाको अवसरको रुपमा उपयोग गर्नु आजको समयमै दुर्लभ तर प्रेरणादायी अभ्यास हो । यही भावनालाई आत्मसात गर्दै भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—९, निवासी आदरणीय श्री शान्ति श्रेष्ठ ज्यूले ज्वाँइको जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई नगद रु.३,००० बराबरको भोजन सहयोग प्रदान गर्नु मानवीय संवेदनाको सुन्दर उदाहरण हो ।आधुनिक समयमा जन्मदिन प्रायः तामझाम देखावटी खर्च र औपचारिक शुभेच्क्षामै सीमित हुँदै गएको अवस्थामा, यस्तो कार्यले “खुसी बाँड्दा नै बढ्छ” भन्ने सन्देशलाई आत्मसात गर्दछ । यस्तो महान कार्य गर्ने शान्ति श्रेष्ठ लगायत वहाँको परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।साथै शान्ति श्रेष्ठ ज्यूको ज्वाँइसाबलाई जन्मदिनको पावन अवसरमा सु—स्वास्थ्य, दिर्घायू उतरोत्तर प्रगतिको कामना गर्दै वहाँको आगामी यात्रा अझ प्रगति तर्फ लम्किरहोस् भनि आराध्यदेव भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चागँनारायण—९, ताथली भक्तपुर

Read more
स्व. पतिको जन्मदिनमा मानवताको उज्यालो उदाहरण—

काभ्रे जिल्ला, बनेपा नगरपालिका वडा नं—४, नाला निवासी समाजसेवी आदरणीय श्री पूर्ण लक्ष्मी श्रेष्ठ ज्यूले स्व.पति एविराज श्रेष्ठ ज्यूको जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि खाद्यान्न (चामल, दाल, चाउचाउ, फ्रुटी, बिस्कुट, चना अण्डा) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार प्रकट गर्दछ ।जीवनमा प्रिय व्यक्तिको भौतिक उपस्थिति नरहे पनि उहाँका सम्झनालाई समाजसेवा मार्फत अमर बनाउने यो पहल प्रशंसनीय छ । आश्रममा आश्रित बेसहारा, असहाय तथा विपन्न व्यक्तिहरुका लागि गरिएको यो सहयोगले उनीहरुको दैनिक राहत मात्र होइन, आत्मीयता र अपनत्वको अनुभूति समेत गराएको छ ।स्व.पतिको स्मृतिमा गरिएको यो पूर्णकार्यले उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नुको साथै बैकुण्ठ बासको कामना गर्दछौं । छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,चाँगुनारायण—९, ताथली, भक्तपुर

Read more