खुसी बाँड्ने संस्कार, समाज बदल्ने आधार –

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९, निवासी आदरणीय गणेश पोख्रेलले आफ्नो जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी समाजप्रति उत्तरदायी नागरिकको उदाहरणीय कार्यमार्फत अर्थपूर्ण बनाउनु भएको छ। उहाँले स–परिवार छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पुगेर त्यहाँ आश्रित बुवा–आमाहरूका लागि नगद रु. ८,५०० सहयोग प्रदान गर्नुभएको छ।
आजको व्यस्त र स्वार्थमुखी समाजमा जन्मदिन जस्ता अवसरहरू प्रायः तामझाम, पार्टी र सामाजिक सञ्जालका औपचारिक शुभेच्छामा सीमित हुँदै गएका छन्। तर गणेश पोख्रेलको यो कदमले जन्मदिनको वास्तविक अर्थ—सेवा, संवेदना र सहानुभूति—लाई पुनः स्मरण गराएको छ।
गणेश पोख्रेलको यो प्रेरणादायी
कदमले अरूलाई पनि जन्मदिन, वर्षगाँठ वा अन्य व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोड्न उत्प्रेरित गर्ने विश्वास लिन सकिन्छ।
यस्तो महान कार्य गर्नुभएकोमा गणेश पोख्रेलज्यूलाई हार्दिक आभार व्यक्त गर्दै जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँको परिवारमा सुख,शान्ति, समृद्धिको कामना गर्दछौं।


छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण -९, ताथली, भक्तपुर