जन्मदिनलाई सेवामा रुपान्तरण गर्ने मानवीय सोच—
ज्वाँइको जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नगरी सामाजिक सेवाको अवसरको रुपमा उपयोग गर्नु आजको समयमै दुर्लभ तर प्रेरणादायी अभ्यास हो । यही भावनालाई आत्मसात गर्दै भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—९, निवासी आदरणीय श्री शान्ति श्रेष्ठ ज्यूले ज्वाँइको जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई नगद रु.३,००० बराबरको भोजन सहयोग प्रदान गर्नु मानवीय संवेदनाको सुन्दर उदाहरण हो ।
आधुनिक समयमा जन्मदिन प्रायः तामझाम देखावटी खर्च र औपचारिक शुभेच्क्षामै सीमित हुँदै गएको अवस्थामा, यस्तो कार्यले “खुसी बाँड्दा नै बढ्छ” भन्ने सन्देशलाई आत्मसात गर्दछ । यस्तो महान कार्य गर्ने शान्ति श्रेष्ठ लगायत वहाँको परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
साथै शान्ति श्रेष्ठ ज्यूको ज्वाँइसाबलाई जन्मदिनको पावन अवसरमा सु—स्वास्थ्य, दिर्घायू उतरोत्तर प्रगतिको कामना गर्दै वहाँको आगामी यात्रा अझ प्रगति तर्फ लम्किरहोस् भनि आराध्यदेव भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चागँनारायण—९, ताथली भक्तपुर
