सेवाभावको सुन्दर उदाहरण—
मानवता र करुणाको सन्देश फैलाउँदै काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं २५ निवासी आदरणीय श्री छोरी मैया श्रेष्ठज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रमा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु. २,००० बराबरको खाना खुवाएर एक प्रेरणादायी कार्य गर्नुभएको छ ।सानो देखिने यो सहयोगले आश्रममा रहेका धेरै अनुहारमा मुस्कान ल्याएको छ । आफ्नो खुसी नभई, अरुको पेट भरिनु नै साँचो खुसी हो भन्ने सन्देश वहाँको यो कार्यले दिएको छ ।
आजको समाजमा यस्ता सकारात्मक पहलले मानवता अझ जीवित छ भन्ने विश्वास दिलाउँछ । छोरी मैया श्रेष्ठ ज्यूको यो सेवामूलक कदम प्रशंसनीय मात्र नभई, सबैको लागि अनुकरणीय उदाहरण बनेको छ ।
सेवाभावको लागि छोरी मैया श्रेष्ठ लगायत वहाँको सम्पूर्ण परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै, परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, ताथली, भक्तपुर
